टी-२० खेल्न नेपाल आइपुग्यो वेस्ट इन्डिजकाे टिम

काठमाडाैं | बैशाख १२, २०८१

टी-२० खेल्न नेपाल आइपुग्यो वेस्ट इन्डिजकाे टिम

काठमाडौं:  टी-२० सिरिज खेल्न वेस्ट इन्डिज ‘ए’ क्रिकेट टिम नेपाल आइपुगेको छ ।

 

बुधबार बिहान वेस्ट इन्डिज ‘ए’ क्रिकेट टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।

 

विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले वेस्ट इन्डिजको टिमलाई स्वागत गरेका थिए ।

 

रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित वेस्ट इन्डिजको ‘ए’ टिममा छन् । वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग पाँच टी-२० खेलको सिरिज खेल्नेछ । 

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेल शनिबार हुनेछ । नेपालले वेस्ट इन्डिज ‘ए’ सँग दोस्रो खेल १६ वैशाखमा, तेस्रो खेल १९ वैशाख, चौथो खेल २० वैशाख र २२ वैशाखमा अन्तिम खेल खेल्नेछ ।

 

नेपालले वेस्ट इन्डिज ‘ए’ सँग आईसीसी टी-२० विश्वकपको तयारी स्वरूप शृंखला खेल्न लागेको हो । वेस्ट इन्डिज ‘ए’ सँगको शृंखलापछि नेपाली क्रिकेट टिम टी-२० विश्वकप खेल्न अमेरिका प्रस्थान गर्नेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्